इजरायलद्वारा गाजामा २४ घण्टामा ४० जनाको हत्या
Gaja Vegd5vszmi Cbywpk086yrcqqhs5wdkuxiqsaulgawftd57zfoqzfqxgndjxvp2nkr0lise Sahiypk273 J22f9pgtzg5ewbamnhk75hmdt01oglq408pxvplhhb4n1zl9kzxguh0lrygz

April 11, 2025, Jyotishsanchar press

एजेन्सी । स्थानीय स्वास्थ्य अधिकारीहरूले बिहीबार रिपोर्ट गरेअनुसार गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा विगत २४ घण्टा भित्र कम्तीमा ४० जना प्यालेस्टिनीहरू मारिएका छन् भने १४६ जना घाइते भएका छन् ।

एक प्रेस विज्ञप्तिमा गाजास्थित स्वास्थ्य अधिकारीहरूले पीडितहरूको शव र घाइतेहरूलाई अस्पतालहरूमा स्थानान्तरण गरिएको बताएका छन् ।

विज्ञप्ति अनुसार मार्च १८ मा इजरायलले गाजामा आक्रमण पुनः शुरु गरेदेखि मारिएका प्यालेस्टिनीहरूको संख्या १ हजार ५२२ पुगेको छ । अक्टोबर २०२३ मा युद्ध शुरु भएदेखि अहिलेसम्म मृत्यु हुनेको संख्या ५० हजार ८८६ पुगेको छ । साथै १ लाख १५ हजार ८७५ जना घाइते भएका छन् ।

स्वास्थ्य अधिकारीहरूले गाजाका अस्पताल र प्राथमिक हेरचाह केन्द्रहरूमा आवश्यक औषधि र चिकित्सा उपकरणको गम्भीर अभावलाई सम्बोधन गर्न चिकित्सा आपूर्ति बढाउन पनि आह्वान गरेका छन् ।

संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयका अनुसार मार्च २ देखि गाजामा जाने सबै क्रसिङहरू मानवीय र व्यावसायिक ढुवानीको लागि बन्द छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको