भारतको बिहारमा असिना पानीका कारण २५ जनाको मृत्यु
Asina Islaxpr8tf Ti6cwwrx4ziek9klizsghx3fdpejdbq1l5adda3hwvc0rkqwp1lqvjznxo2w Poep3ictpb Rjuvbaoanmyq1llpuxjznl6cluxfhxtzi7gi3vyp1hast855e1ojbm4hgihc

April 12, 2025, Jyotishsanchar press

एजेन्सी । भारतको पूर्वी राज्य बिहारका विभिन्न जिल्लाहरूमा असिना पानीका कारण २५ जनाको मृत्यु भएको छ । 

भारतीय सञ्चार माध्यमका अनुसार बिहारका मुख्यमन्त्री नितिश कुमारले मृतकको परिवारलाई ४ लाख भारतीय रुपैयाँ आर्थिक राहत दिने घोषणा गरेका छन् ।  

भारतीय मौसम विभागले बिहारका १३ जिल्लामा मौसमसम्बन्धी जोखिमको चेतावनी जारी गर्दै आगामी दुई दिनसम्म सजग रहन स्थानीयहरूलाई निर्देशन जारी गरेको छ ।

विगत दुई दिनदेखि बिहारमा पानीजन्य प्रकोपका कारण मृतुकको सङ्ख्या बढिरहेको समाचारमा उल्लेख छ । 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको