टी-२० आई शृङ्खला : नेपालले पायो एक सय ७५ रनको लक्ष्य
490288380 1109733794516333 1341786430513068393 N Dzdhu8ii1q Avzy1yzcim

April 13, 2025, Jyotishsanchar press

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२० आई शृङ्खला अन्तर्गत फाइनल खेलमा कुवेतले नेपाल सामु जितका लागि एक सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७४ रन बनाएको हो ।

कुवेतका लागि रविजा सन्दारुवानले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा छ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाए । क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मीट भावसारले १६ र मोहम्मद असलमले १३ रन बनाए भने अन्य खेलाडीले दोेहोरो अङ्कमा रन जोेड्न सकेनन् ।

नेपालका लागि सोमपाल कामी र नन्दन यादवले समान दुई/दुई विकेट लिँदा करण केसी र कुशल भुर्तेलले एकर/एक विकेट हात पारे । अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।
रासस

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको