युक्रेनको सुमीमा रुसी आक्रमणमा परी २१ जनाको मृत्यु, ८३ घाइते
1744443047 Ca0kr Irogk7dmuk 0kv7l7iqgu6rxvxlmkwckpnsiqswom22uo6mewaomk5r3cjolj0pcgqwsqzc T34jrhfici Bwrb8gaxdycpvfmoq8mk12wiagez1kilnrhh110brql6xt09mj6d9otj3jpe

April 13, 2025, Jyotishsanchar press

एजेन्सी । युक्रेनको सुमी शहरको मध्यभागमा आइतबार भएको रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएको युक्रेनी आकस्मिक सेवाले जनाएको छ ।

“रुसी ब्यालेस्टिक क्षेप्यास्त्र शहरको मध्य क्षेत्रमा मानिसहरूको बाक्लो आवतजावत भइरहेको क्षेत्रमा प्रहार गरिएको थियो,” सेवाले सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा भनिएको छ । “प्रारम्भिक तथ्याङ्कअनुसार अहिलेसम्म २१ जनाको मृत्यु भएको छ भने कम्तीमा २० जना घाइते भएका छन्,” उनले भने । 

आइतबार भएको आक्रमणमा परी घाइते हुनेको सङ्ख्या ८३ पुगेको किएभले जनाएको छ । “सात बालबालिकासहित ८३ जना घाइते भएका छन्,” गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “उद्धार कार्य जारी छ।”

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको