सुडानकाे शरणार्थी शिविरमा विद्रोहीको आक्रमण, चार सय जनाभन्दा धेरैको ज्यान गयो
Sudan Final Fatwaacobc

April 15, 2025, Jyotishsanchar press

सुडानमा विद्रोहीहरूले शरणार्थी शिविरमा आक्रमण गर्दा चार सयभन्दा धेरै मानिसको ज्यान गएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार यो आक्रमण सुडानमा सक्रिय विद्रोही समूह र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको हो । पछिल्लो समय आरएसएफले सुडानमा आक्रमण तीव्र बनाएको बीबीसीले जनाएको छ ।

यसअघि गएको हप्ता आरएसएफले अल–फशेर शहर वरपरका शरणार्थी शिविरहरूमा स्थल र हवाई आक्रमण पनि गरेको थियो । आक्रमणमा सर्वसाधारण नागरिकको ज्यान जाने क्रम बढ्दो छ ।

सुडानमा डार्फर क्षेत्र नियन्त्रणको लागि विद्रोही समूह आरएसएफ र सुडानी सेनाबीच युद्ध चलिरहेको छ ।  २०२३ अप्रिलदेखि यी दुईबीच शक्तिको लागि ठूलो युद्ध भइरहेको राष्ट्रसङ्घले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको