युक्रेन युद्धबारे ट्रम्पको टिप्पणी: तीन जनाका कारण लाखौँ मानिस मारिए
Gettyimages 2206698076

April 15, 2025, Jyotishsanchar press

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धमा ‘लाखौँको मृत्यु’का लागि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि जिम्मेवार रहेको बताएका छन्।

बीबीसीका अनुसार ट्रम्पले सोमबार ह्वाइट हाउसमा एल साल्भाडोरका नेतासँग भेटघाटका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उक्त टिप्पणी गरेका हुन्।

युक्रेन द्वन्द्वका लागि अमेरिकाकै पूर्वराष्ट्रपति जो बाइडेनलाई पनि दोष दिँदै ट्रम्पले भने, ‘जब तपाईं युद्ध सुरु गर्नुहुन्छ, तपाईंलाई थाहा हुनुपर्छ कि तपाईं जित्न सक्नुहुन्छ।’

यसअघि आइतबार मात्र रुसले युक्रेनको उत्तरपूर्वी सहर सुमीमा घातक आक्रमण गर्दा धेरै मानिस मारिएका थिए।

‘तीन जनाका कारण लाखौँ मानिसको मृत्यु भयो’, ट्रम्पले भने।

२४ फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा पूर्णस्तरीय आक्रमण सुरु गरेयता दुई पक्षबीच युद्ध जारी छ।

जेलेन्स्कीको योग्यतामा प्रश्न उठाउँदै ट्रम्पले ‘सधैँ मिसाइल किन्न खोजिरहेको’ टिप्पणी गरे।

ट्रम्पले भने, ‘तपाईं आफूभन्दा २० गुणा ठूलो व्यक्तिविरुद्ध युद्ध गर्न सक्नुहुन्न, अनि मानिसले केही क्षेप्यास्त्र देलान् भन्ने अपेक्षा गर्नुहुन्छ।’

रुसको पछिल्लो आक्रमणअघिको अन्तर्वार्तामा जेलेन्स्कीले ट्रम्पलाई युद्ध अन्त्यका लागि पुटिनसँग कुनै सम्झौता गर्नुअघि युक्रेन भ्रमण गर्न आग्रह  गरेका थिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको