हङकङका १० क्षेत्रमा वायु प्रदूषण उच्च
Pollution Victoria Harbour Hk Hhvoldxs7k

April 15, 2025, Jyotishsanchar press

हङकङका १० भन्दा बढी क्षेत्रमा वायु प्रदूषणले स्वास्थ्य जोखिमको उच्चतम स्तर पार गरेको छ।

सरकारको वायु गुणस्तर स्वास्थ्य सूचकांक (एक्यूएचआई)ले मंगलबार बिहान ‘धेरै उच्च’ र दिउँसो ‘गम्भीर’ स्तरमा वायु प्रदूषण पुगेको जनाएको हो।

सूचकांकले समोबार साँझ १० भन्दा बढी क्षेत्रमा प्रदूषणले उच्चतम स्वास्थ्य जोखिम स्तर निम्त्याएको देखाएको थियो।

साँझ ६ बजेसम्म सडक किनारका १८ वटा स्टेसनमध्ये १४ वटा स्टेसन ‘गम्भीर’ स्तरमा पुगेका थिए। जसमा सेन्ट्रल, कजवे बे, मङकक, चुनमुन, ताइपो, उत्तरी जिल्ला लगायत छन्।

उत्तरी वायुको प्रवाहले धुलो ल्याउँदा निम्तिएको यो प्रदूषणस्तर मंगलबार पनि देखिएको हो।

मौसम विज्ञान विज्ञका अनुसार मुख्यभूमि चीनमा न्यून चापीय प्रणाली र चिसो हावाको संयुक्त प्रभावका कारण तेज हावाले धुलो र अन्य प्रदूषकहरूलाई दक्षिणतिर उडाएको थियो। जसले गर्दा हङकङमा पछिल्ला दिन गम्भीर वायु प्रदूषण भयो।

हङकङमा वायु प्रदूषणबाट हुने स्वास्थ्य जोखिमलाई पाँच वर्गमा विभाजन गरिएको छ- कम, मध्यम, उच्च, धेरै उच्च र गम्भीर।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको