झुक्किएर डिपोर्ट भएकालाई अमेरिकाले फिर्ता नल्याउने
20250413 02 Trump Bukele Split Lobpaqb7vs

April 15, 2025, Jyotishsanchar press

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले केही समयअघि एल साल्भाडोरमा अपराधिक समूहहरूलाई डिपोर्ट गर्दा झुक्किएर एक पुरुषलाई पनि डिपोर्ट गरेको थियो । किलमार अर्मान्डो अब्रेगोलाई फिर्ता ल्याउन अमेरिकाले सहजीकरण गर्नैपर्ने अमेरिकी सर्वोच्च अदालतले फैसला नै सुनाएको थियो ।

तर ह्वाइट हाउसका अधिकारीहरूले उनलाई फिर्ता ल्याउने जिम्मा सबै एल साल्भाडोरको भएको तर्क गरिरहेका छन् । सोमबार ओभल अफिसमा भएको बैठकमा सोमबार ट्रम्प प्रशासन र एल साल्भाडोरका राष्ट्रपति नायिब बकेलेले अब्रेगोलाई अमेरिका फिर्ता नल्याइने स्पष्ट पारेका थिए ।

उनलाई फिर्ता गर्ने योजना छ कि छैन भनेर सीएनएनका एक पत्रकारले सिधै बकेलेलाई प्रश्न गरेकी थिइन् । यसो गर्नु मूर्खतापूर्ण हुने यसको उत्तरमा उनले बताएका थिए । ‘मलाई आशा छ कि मैले एक आतंकवादीलाई अमेरिका तस्करी गर्छु भनेर तपाईँले भन्न खोज्नु भएको हो ?’ बकेलेले उल्टै प्रश्न गरेका थिए, ‘म आतंकवादीलाई अमेरिका कसरी पठाउन सक्छु ? पक्कै पनि म यसो गर्ने छैन । यो प्रश्न नै मूर्खतापूर्ण हो ।’

हालैका दिनमा एक अमेरिकी न्यायाधीशले अब्रेगोलाई अमेरिका फिर्ता ल्याउन दिएको आदेशको ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले विरोध गरेका थिए । अदालतले अमेरिकाको विदेश नीतिमा हस्तक्षेप गर्न नसक्ने उनीहरूको तर्क थियो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको