ट्रम्पद्वारा हार्वर्ड विश्वविद्यालयको २ अर्ब डलरको कोष रोक्का
America Sr5bhdbjvg Ayugnuyaftujqvp6rhbjfrecgt98miieee0ommdks87dstllbaqrsc8hrksb Duouuip6vg H8lewbgdstrb0tbp5a9fd9xia8lf4vcnzhzpthkwyauuqp3ri89emevcpi12

April 15, 2025, Jyotishsanchar press

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले त्यहाँको प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयका लागि छुट्टाएको दुई अर्ब डलरभन्दा बढीको संघीय कोष रोक्का गरेको घोषणा गरेको छ ।

विश्वविद्यालयले ह्वाइट हाउसले आदेश गरेका विभिन्न मागहरू पूरा गर्न अस्वीकार गरेको भन्दै ट्रम्प प्रशासनले रकम रोक्का गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्प प्रशासनले शुक्रबार हार्वर्ड विश्वविद्यालयलाई पत्र पठाएर विश्वविद्यालयमा यहूदी विरोधी भावनालाई अन्त्य गर्ने, भर्ना प्रक्रिया र प्रवेश प्रणालीमा परिवर्तन गर्ने विभिन्न माग गरेको थियो ।

विश्वविद्यालयले विज्ञप्ति मार्फत ट्रम्प प्रशासनले भनेका उक्त मागहरू पूरा गर्न अस्वीकार गरेपछि सहयोग रोक्काको निर्णय आएको हो । अमेरिकी शिक्षा मन्त्रालयले जारी गरेको बक्तव्यमा हार्वर्डको विज्ञप्तिले देशको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयमा रहेको समस्याग्रस्त मनोभावनालाई अभिवृद्धि गरेको बताएको छ  ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको