
April 15, 2025, Jyotishsanchar press
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। वैशाख १७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक डाकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठक वैशाख १७ गते दिउँसो १ बजे बस्ने उनको भनाइ छ। बैठकमा चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न नसक्ने भ्रातृ संगठनहरू भंग गर्ने लगायतबारे निर्णय गर्ने कांग्रेसको तयारी छ।

