देशभर मौसम बदली, कता-कता पर्ला पानी?
Download 3

April 16, 2025, Jyotishsanchar press

यतिबेला (बुधबार बिहान) काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा मौसम बदली (आकाशमा बादल) भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का पानी परिरहेको पनि छ। 

‘अहिले काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा बादल लागेको छ उनले भने अहिले बिहान खासै पानी पर्ने सम्भावना नदेखिए पनि दिउँसो देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको छ।’

‘हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव छ। साथै बंगालको खाडी तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव छ’, मौसमविद् अधिकारीले बुधबार बिहान भने, ‘भोलिबाट वर्षा अझ बढ्ने सम्भावना देखिएको छ।’

मौसम महाशाखाका अनुसार आज भने दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। अनि देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना छ।

यस्तै आज राति कोसी प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना पनि छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको