चीनमा भूकम्प, काठमाडौँमा पनि धक्का
Earth Quake 9f36t6heas

April 16, 2025, Jyotishsanchar press

बुधबार बिहान नेपालको सीमा नजिकै चिनियाँ भूभागमा भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समयअनुसार बुधबार बिहान ४ बजेर ५ मिनेट जाँदा चीनको डिङ्ग्ग्ये क्षेत्रमा ५ म्याग्निच्युडको भूकम्प गएको हो।

उक्त भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सिमानाबाट करिब १८ किलोमिटर उत्तरतर्फ चीनको डिङ्ग्ग्ये आसपास पर्छ। 

यो भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित नेपालका उत्तरी क्षेत्रका विभिन्न जिल्लामा पनि महसुस भएको छ। 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको