यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित
Capture Bc6vqnbzqx Jihkg8ajk5kjpviippazc9tas4cdg55lv7afnyjtwhf7ryfgjphxpa3fhojc Iaeoktsy12 Iole3vr5t85rlrht9e65faeuyfsjm7adxnztgrcemmqvjr2gtvtnpbeqfvyt

April 16, 2025, Jyotishsanchar press

यू-१९ विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले हङकङमाथि सहज जित हात पारेको छ। बुधबार तल्लो मुलपानी मैदानमा घरेलु टोलीले हङकङलाई ९ विकेटले पराजित गरेको हो।

११६ रनको समान्य लक्ष्य पाएको नेपालले १३ औँ ओभरमा मात्रै एक विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा ओपनर निरजकुमार यादवले २३ रन बनाउँदा शाहिल पटेल र नरेन भट्टले अविजित पारी खेले।

शाहिलले ४१ बलमा नटआउट ४२ रन बनाउँदा नरेनले मात्रै २३ बलमा ३९ रन बनाए। शाहिल र नरेनले समान चौका प्रहार गरे। हङकङका शायन पुरीले एल्बीडब्ल्यु आउट गर्नु पहिले निरजले पनि ४ चौकाको मद्दतमा २३ रन बनाएका थिए।

त्यसअघि हङकङ ४६.२ ओभरमा ११५ रन बनाउँदा अलआउट भएको थियो। हङकङका लागि शिभ माथुरले सर्वाधिक ६३ रन बनाए पनि अन्य ब्याटर टिक्न सकेनन्। अर्या पञ्जावनीले १३ रन, ह्यारी थोमस होग्सनले १० रन बनाउँदा भीर माथुरले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका युवराज खत्रीले ४ र बिपिन शर्माले ३ विकेट लिए। युवराजले १० ओभरमाा मात्रै १८ रन दिँदा बिपिनले ६.२ ओभरमा २४ रन दिए। सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिए।

अपराजित रहेको नेपालले यसअघि युएई र ओमानलाई पनि पराजित गरेको थियो। अन्तिम खेलमा आगामी शनिबार अफगानिस्तानसँग खेल्नेछ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको