पूर्वप्रदेश प्रमुख अहिराजमाथि बलात्कारको आरोप, पक्राउ पुर्जी जारी
Capture M0tp7lkawi Znrh57sgjzr7t5d12htodnpfghtajkqljftt3xiseuuikci7bjqziwyix2gb N5wmjwwfd5 Adncddqxlk28ksonb3npdhmag0vhtxzjqam4xi5v7kk3iz6bo0tgunznjb0z

April 16, 2025, Jyotishsanchar press

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजविरुद्ध जबर्जस्ती करणी आरोपमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी गरिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार मधेशमूलकी एक नाबालिगले डा. अहिराजले आफूलाई १७ वर्षको उमेरदेखि मानसिक र शारीरिक यातना दिएको आरोप लगाउँदै जाहेरी दर्ता गराएकी हुन् ।

पीडितले राष्ट्रिय महिला आयोगमार्फत उजुरी दिएकी थिइन् भने पछि महिला अधिकारकर्मीको साथमा प्रहरीमा पुगेकी थिइन् । माघ १० गते दिइएको जाहेरी फागुन ३ गते अभिलेखमा दर्ता भएको हो ।

चार दिनअघि पक्राउ आदेश जारी भए पनि अहिराज हालसम्म प्रहरी सम्पर्कमा आएका छैनन् । अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको