महिला संघका २० केन्द्रीय सदस्यले दिए राजीनामा
Mahilasangh Ry3mm5q1j2

April 16, 2025, Jyotishsanchar press

नेपाली कांग्रेसका भ्रातृ संस्था नेपाल महिला संघका २० जना केन्द्रीय सदस्यले पदबाट राजीनामा दिएका छन्। विधान बमोजिम कार्यक्रम अघि बढाउन नसकेको र संगठनको ओरालो यात्रालाई टुलुटुलु हरेर बस्न उपयुक्त नभएको भन्दै केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिएका हुन्।

राजीनामा दिनेहरूले अध्यक्ष उषा राउत मिश्रले पारदर्शी काम नगरेको संगठन चलायमान नबनाएको आरोप लगाएका छन्।

‘तमाम विषयहरुमा अध्यक्षज्यूले कुनै सुनुवाई र पहल नगरेका कारण अरु पार्टीको अशक्त भ्रातृसंस्थाको साख र यसको संगठन क्रमशः ओरालो लाग्दै गएको दुःखद अवस्थालाई टुलुटुलु हेरेर बस्न उपयुक्त नलागेको कारण पार्टी र नेपाल महिलासंघको सुदूर उज्ज्वल भविष्यका निमित्त नेपाल महिला संघको केन्द्रीय सदस्य पदबाट सामूहिक राजीनामा दिएका छौँ’राजीनामा पत्रमा लेखिएको छ।

राजीनामा दिनेहरू पार्टीभित्र डा.शेखर कोइराला र महामन्त्री गगनकुमार थापा समूहका हुन्।

यी हुन् राजीनामा दिने २० केन्द्रीय सदस्य 
चन्द्रादेवी जोशी

रिता शाही
छायाँ सुनार
डा. अमिता प्रधान शाक्य
उमा शिवाकोटी
रञ्जिता गिरी
डा. सिता घिमिरे
तारा थपलिया
नवोदिता चौधरी
भगवती केसी
मिरादेवी चन्द
पार्वती चन्द
गिता गुरुङ
रमा अर्याल
लिलाकुमारी नेपाल
राधा कुँवर
सुनिशा भेटवाल
पार्वची आचार्य

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको