अमेरिकामा ट्रम्पविरुद्ध ‘५०५०१’ आन्दोलन
Trump Birodh Cover 3y5ihklpkz

April 20, 2025, Jyotishsanchar press

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गरेका निर्णयहरूको विरोधमा हजारौँ नागरिक सडकमा उत्रिएका छन्।

बीबीसीका अनुसार शनिबार प्रदर्शनकारीहरूले किल्मर अब्रेगो गार्सियालाई एल साल्भाडोरमा गलत निर्वासन गरिएको र अन्य विभिन्न मुद्दाको विरोध गरेका हुन्।

यो आन्दोलनलाई ‘५०५०१’ नाम दिइएको छ। यसको अर्थ हो- ‘५० प्रदर्शन’, ‘५० राज्य’, ‘१ आन्दोलन’।

अमेरिकामा जम्मा ५० राज्य छन्।

यद्यपि, ट्रम्प प्रशासन किल्मर अब्रेगो गार्सियाको अमेरिका फिर्ताको पक्षमा छैन।

साथै प्रदर्शनकारीहरूले सरकारी जागिर कटौती गर्ने र अन्य खर्च घटाउने सरकारी दक्षता विभागको निर्णयको पनि विरोध गरेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको