कर्नाटकका पूर्व डीजीपीको घरमै हत्या
8bae6423 B2a1 4ea5 Af61 A6bf67fbd9de.jpg 6ulmlwgqvb

April 21, 2025, Jyotishsanchar press

कर्नाटकका पूर्व डीजीपी ओम प्रकाशको आइतबार बेंगलुरुको एक विलासी क्षेत्रमा रहेको उनकै निवासमा हत्या गरिएको छ।

बेंगलुरुका प्रहरी आयुक्त बी दयानन्दले भने, ‘उनको शव उनको निवासमा फेला परेको थियो। प्रहरीलाई जानकारी पुग्ने बित्तिकै उनलाई अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको थियो।‘ उनले यस मुद्दामा एफआईआर दर्ता गरिएको र अनुसन्धान सुरु भएको जानकारी दिए ।

ओमप्रकाशको शरीरमा धेरै चोटपटकका निशानहरू भेटिएका छन् । नाम न छाप्ने सर्तमा अन्य प्रहरी अधिकारीहरूले उनको वैवाहिक जीवनमा तनाव रहेको बताए। एक अधिकारीले भने, ‘अनुसन्धानमा यी सबै पक्षहरूलाई पनि हेरिनेछ।’

प्रहरीले घटनाको समयमा घरमा उपस्थित ओम प्रकाशकी श्रीमती पल्लवीसँग सोधपुछ गरिरहेको छ। श्रीमान् श्रीमतीबिच चर्को विवाद भएपछि साँझ ४.३० देखि ५ बजेको बिचमा हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

प्रकाश आफ्नी श्रीमतीबाट छुट्टै बस्दै आएको तर केही समयअघि घर फर्किएको बताइएको छ। ओम प्रकाश १९८१ ब्याचका आईपीएस अधिकारी थिए। उनी मार्च २०१५ मा प्रहरी महानिर्देशक (डीजीपी) नियुक्त भए। उनी बिहारका थिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको