मन्त्रिपरिषद् बैठक: पौडेल सचिवमा बढुवा, सचिव शर्मा भूमिमा सरुवा
Chandrakala Paudel Kedarnath Sharma Xb1gt4eei0 1

April 22, 2025, Jyotishsanchar press

मन्त्रिपरिषद्को बैठकले सहसचिव चन्द्रकला पौडेललाई सचिवमा बढुवा गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

बढुवा समितिले पौडेलसहित वरिष्ठताक्रममा अगाडि रहेका तीन सहसचिवको नाम बढुवाका लागि सिफारिस गरेकामा मन्त्रिपरिषद्ले उनको नाम अनुमोदन गरेको हो।

सचिव अर्जुन पोखरेलले अवकाश पाएपछिको रिक्त पदमा पौडेलको बढुवा भएको हो। 

सहसचिव पौडेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत थिइन्। 

बैठकले रिक्त रहेको भूमि व्यवस्था मन्त्रालयको सचिवमा केदारनाथ शर्मालाई सरुवा गरेको छ। कोसी प्रदेशको प्रमुख सचिवमा कार्यरत उनलाई सरकारले एक वर्षपछि सिंहदरबार फर्काएको हो। 

सोमबारकै बैठकले प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग पनि गठन गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको