शिक्षक महासंघको निर्देशन: कक्षा १२ को परीक्षामा सहभागी नहुनू, आन्दोलनलाई सहयोग गर्नू
Download 2025 04 22t131215.235

April 22, 2025, Jyotishsanchar press

नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षामा सहभागी नहुने शिक्षकहरूलाई निर्देशन दिएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गरी यसबारे निर्देशन दिएका हुन्।

‘काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनको यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्रअ तथा शिक्षक-कर्मचारी साथीहरूमा जोडदार आग्रह गर्दछौँ, ‘ विज्ञप्तिमा उल्लेख छ, ‘२०८२ वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा समेत केन्द्राध्यक्ष, निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुनु हुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी साथीहरूमा अपील गर्दछौं।’

उनहरूले तत्काल शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन्। त्यस्तै उनीहरूले अहिलेको आन्दोलन शिक्षा ऐन जारी गरी उचिव व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको दाबी गरेका छन्।

महासंघले आन्दोलनलाई सहयोग गर्न विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, पालिका तथा शैक्षिक सरोकारवाला निकायहरूलाई पनि आग्रह गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको