कर्नाटकका पूर्वप्रहरी महानिर्देशक हत्या प्रकरण: श्रीमती र छोरी गिरफ्तार
Omprakash Hatya 7zaisayfos

April 22, 2025, Jyotishsanchar press

भारतीय राज्य कर्नाटकका पूर्वप्रहरी महानिर्देशक (डीजीपी) ओम प्रकाशको हत्या आरोपमा प्रहरीले उनका श्रीमती र छोरीलाई पक्राउ गरेको छ।

पत्नी पल्लवीलाई अदालतमा पेस गरी १४ दिनका लागि न्यायिक हिरासतमा पठाइएको दैनिक भास्करले जनाएको छ।

प्रहरी स्रोतका अनुसार घटनाका बेला ओम प्रकाश खाना खाँदै थिए। यसै क्रममा पत्नी र उनीबीच झगडा भयो।

विवाद यति बढ्यो कि उनकी श्रीमती पल्लवीले पहिले पतिमाथि खुर्सानीको धुलो फ्याँकिदिइन् र जब ओमप्रकाश पोलाइबाट राहत पाउनु यताउता दौडिए, तब पल्लवीले उनका घाँटी, पेट र छातीमा १०-१२ पटक छुरा हानिन्।

घटनाका बेला छोरी कृति पनि त्यहीँ थिइन्।

अनुसन्धानसँग सम्बन्धित स्रोतका अनुसार हत्या हुनुभन्दा पाँच दिनअघि पल्लवीले गुगलमार्फत हत्या गर्ने तरिका सिकेको पाइएको छ ।प्रहरीका अनुसार हत्या पूर्वनियोजित थियो।

यसैबीच प्रारम्भिक अनुसन्धानले हत्यापछि पूर्व डीजीपीकी श्रीमतीले अर्का आईपीएस अधिकारीकी श्रीमतीलाई सन्देश पठाएको खुलासा गरेको छ। जसमा उनले लेखिन्- ‘एउटा राक्षस मारिएको छ।’

पछि पल्लवीले उनलाई फोन पनि गरेर ओमप्रकाशको हत्या गरेको बताइन्। यसपछि आईपीएस अधिकारीले नै प्रहरीलाई घटनाबारे जानकारी दिएका थिए।

बुवाको हत्या आमा र बहिनीले गरेको आरोप
छोरा कार्तिकेशको उजुरीका आधारमा प्रहरीले पूर्वडीजीपी ओमप्रकाशका श्रीमती र छोरी कृतिलाई हत्या आरोपमा पक्राउ गरेको हो।

कार्तिकेशले आफ्नी आमा पल्लवीले पछिल्लो एक हप्तादेखि बुबालाई मार्ने धम्की दिइरहेको आरोप लगाएका छन्। धम्कीकै कारण बुबा आफ्नी बहिनीको घरमा बस्न गएका पनि थिए।

तर दुई दिनअघि कान्छी बहिनी कृति गएर बुबाको इच्छाविपरीत उनलाई त्यहाँबाट फिर्ता लिएर आएको दाबी कार्तिकेशले गरेका छन्।

उनका अनुसार बुवाआमाबीच झगडा भइरहन्थ्यो। यसअघि कार्तिकेशले एक टीभी च्यानललाई बताएअनुसार आमा पल्लवी गम्भीर मानसिक रोगबाट पीडित छिन्। उनी १२ वर्षदेखि सिजोफ्रेनिया (भ्रम र डरले भरिएको रोग) को उपचार गराइरहेकी छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको