अब शनिबार र सार्वजनिक बिदाबाहेक सबै दिन संसद् चल्ने
Devraj Ghimere Z7pwck8m2y

April 23, 2025, Jyotishsanchar press

अब शनिबार र सार्वजनिक बिदा बोहकका  सबै दिन संसद् सञ्चालन हुने भएको छ।

बुधबार बसेको प्रमुख सचेतकहरुसँगको बैठकमा सभामुख देवराज घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बोहकका दिन संसद् चलाउने प्रस्ताव गरेका थिए।

बैठकमा सभामुखको प्रस्ताव अनुमोदन भएको बताइएको छ।

बैठकमा सभामुख घिमिरेले भने,  ‘संसद्लाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था बमोजिम पूर्वबजेट छलफल तथा बजेटको चाप परेको छ। विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसदको छ। शिक्षकहरुले ऐन नलिई जान्न भन्नुभएको छ।’

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको