पानी पर्न छाडेपछि देशैभरि बढ्यो गर्मी
Kathmandu Valley23

April 23, 2025, Jyotishsanchar press

पानी पर्न कम भएसँगै देशैभरि गर्मी बढ्न थालेको छ। गर्मी बढ्दा विशेषगरि तराई मधेस क्षेत्रको जनजीवन प्रभावित बनेको छ।

आज सबैभन्दा बढी तापक्रम रुपन्देहीको भैरहवामा मापन हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

त्यहाँको अधिकतम तापक्रम आज ४३ डिग्री सेल्सियसम्म पुग्ने अनुमान महाशाखाको छ।

आज सबैभन्दा कम तापक्रम जुम्लाको हुने अनुमान छ। आज राति त्यहाँको न्यूनतम तापक्रम ६ डिग्रीसम्म झर्ने अनुमान छ।  

आज ताप्लेजुङ र जोमसोममा हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको