भारतद्वारा सिन्धु जलसम्झौता निलम्बन, पाकिस्तानीलाई भिसा बन्द
India Cabinet Euytquhscd

April 24, 2025, Jyotishsanchar press

कस्मिरमा २६ जनाको ज्यान जानेगरी आतंकवादी हमला भएपछि भारतले पाकिस्तानसँगको सिन्धु जलसम्झौतामा रोक लगाएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा मामिलसम्बन्धी क्याबिनेट कमिटीको बैठकले पाकिस्तानविरुद्ध विभिन्न ५ वटा निर्णय गरेको हो।

जसमा अटारी नाका पनि तुरुन्तै बन्द गरिएको छ। त्यस्तै, सार्क भिसा छुट कार्यक्रमअन्तर्गत अब पाकिस्तानी नागरिकलाई भारत प्रवेश गर्ने अनुमति पनि रद्द गरिएको छ। भारतमा रहेका पाकिस्तानीहरूलाई देश छाड्न २४ घण्टाको समय दिइएको छ।

त्यस्तै, दिल्लीस्थित पाकिस्तानी दूतावासमा रहेका सैन्य सहचारीहरूलाई पनि देश निकाला गरिएको छ। उनीहरूलाई भारत छाड्न एक हप्ताको समय दिइएको छ।

त्यसका अलावा पाकिस्तानी दूतावासको जनशक्ति ६६ बाट ३० मा घटाउने निर्णय पनि भएको छ।

मोदीको निवासमा भएको बैठकमा गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, रक्षामन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसहितका अधिकारीहरू सहभागी थिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको