स्वास्थ्य मन्त्रालय घेर्न पुगेका चिकित्सकलाई प्रहरीले रोक्यो
Chikitsk Waldc0cca5

April 24, 2025, Jyotishsanchar press

सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण भएको भन्दै आन्दोलनरत चिकित्सकहरूले स्वास्थ्य मन्त्रालय घेराउको प्रयास गरेका छन् ।

आवासीय डाक्टरलाई सेवा सुविधा दिने निर्णय मन्त्रीपरिषद्बाटै भए पनि कार्यान्वयन नभएको भन्दै उनीहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउको प्रयास गरेका हुन् । माइतीघरबाट प्रदर्शनसहित स्वास्थ्य मन्त्रालय जान खोजका आन्दोलनरत चिकित्सकहरूलाई प्रहरीले रोकेको थियो । सो क्रममा केहीबेर प्रहरी र आन्दोलनरत चिकित्सकबिच धकेलाधकेल समेत भएको थियो ।

उनीहरूले चिकित्सा आयोगद्वारा निर्धारित आठौँ तहको तलब संरचना कार्यान्वयन र शैक्षिक प्रगतिको संरक्षणका लागि पहल गर्न सरकारसँग माग गरेका छन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले आफ्ना माग लिएर स्वास्थ्य मन्त्रालय जान खोज्दा प्रहरी खटाएर रोक्ने काम भएको बताए । आवासीय चिकित्सकलाई सरकारी आठौँ तह सरह सेवा दिने निर्णयमा स्वास्थ्य मन्त्रीले समेत हस्ताक्षर गरेकाले ध्यानाकर्षण गराउन खोजेको उनको भनाइ छ ।

चिकित्सक संघले आफ्ना मागहरू पुरा नभए बैशाख १२ गते देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको