‘युथ सेलिब्रेसन’मा सुनिता डंगोलको आग्रह– स्टन्ट गर्ने युवा होइन, काम गर्ने बनौँ
Download 2025 04 24t163614.482

April 24, 2025, Jyotishsanchar press

काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोलले अहिले धेरैले स्टन्ट गर्ने भन्दै त्यसले देश नबन्ने बताएकी छिन्। सत्तारुढ नेकपा एमालेले बिहीबार काठमाडौँमा आयोजना गरेको युवा ‘सेलिब्रेसन’मा सम्बोधन गर्दै उनले देश बनाउन योजना बनाउनुपर्नेमा जोड दिइन्।

‘अहिले हामी देख्छौँ, धेरैले स्टन्ट गर्नुहुन्छ,’ डंगोलले भनिन्, ‘तर, स्टन्ट गरेर देश बन्दैन। देश बनाउने हो भने योजना अनुरुप काम गर्नुपर्छ। काममा इमान्दारिता हुनुपर्छ। हामी भिजन पछ्याउँछौँ, ट्रेन्ड पछ्याउँदैनौँ। हल्लाको पछि हामी लाग्दैनौँ।

उनले थपिन्, ‘त्यसकारण हामी स्टन्ट गर्ने युवा होइन, काम गर्ने युवा बनौँ।’

अहिले सही इतिहास लेख्ने उपयुक्त समय आएको भन्दै डंगोलले युवाहरुलाई त्यसका लागि आँट गर्न समेत आग्रह गरिन्। ‘हामी इतिहासमा मात्रै जिउँदैनौँ, हामी इतिहास लेख्छौँ,’ उनले भनिन्, ‘यो सही इतिहास लेख्ने, सही समय हो। देशको स्वर्णिम अविभारा अब तपाईं हाम्रो काधमा आएको छ। त्यसका लागि आँट गरौँ। त्यसका लागि सपना पनि देख्यौँ र त्यसलाई पुरा पनि गरौँ।’

डंगोलले थपिन्, ‘जसले आँट गर्छ, सपना देख्छ, त्यसैले पुरा गर्ने हो। र, हामी जनताका लागि काम गर्छौँ। हामी छोटो समय टिक्ने काम गर्देनौँ। हामी दीर्घकालीन प्रभावका लागि काम गर्छौँ।’

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको