सरकार बौद्धिक सम्पत्तीसम्बन्धी नयाँ कानून निर्माणको तयारीमा छः उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको बौद्धिक सम्पत्तीसम्बन्धी कानूनलाई सरकारले नयाँ ढंगबाट अगाडि बढाउने तयारी भएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा ‘बौद्धिक सम्पत्ती दिवस’को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वव्यापी बौद्धिक सम्पत्तीको सन्दर्भमा नेपालमा नयाँ कानून आवश्यक भएको बताउँदै उहाँले नेपाली मौलिकतासँग जोडिएका विषयहरुलाई लिपिबद्ध गरी पेटेन्ट राइटलाई सुरक्षित गर्नेगरी कानून निर्माण प्रक्रियामा सरकार लागेको बताउनु भयो । उहाँले समितिमा छलफलमा रहेको बौद्धिक सम्पत्तीसम्बन्धी कानून छिट्टै मन्त्रिपरिषदमा निर्णय गराएर संसदमा प्रवेश गराउने तयारीमा लागेको बताउनु भयो ।

मन्त्री भण्डारीले पूर्खाले सिर्जना गरेका कतिपय बौद्धिक सम्पत्तीको नाममा संस्था खोलेर त्यसको परिचय दिएपनि पेटेन्ट राइट सुरक्षित गर्न कसैको ध्यान जान नसकेको बताउनु भयो । उहाँले विदेशीको डिजाइन र पेटेन्टलाई नक्कल गरेर वस्तु बजारमा पठाउँदा आफ्नै आविष्कार, डिजाइन तथा उत्पादनमा पछि परेको बताउनु भयो । उहाँले पेटेन्ट राइटका लागि पूर्खाले छोडेर गएका अनेकौँ संस्कृतिसँग जोडिएका विषय वस्तु भएको बताउनुभयो । कतिपया पेटेन्ट राइटका विषयहरु दर्ता गरेर त्यसको नवीकरण नगर्दा समस्या देखिएको उहाँको भनाइ छ ।

Damodar Bhandari

April 26, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको