आमाको मुख हेर्ने औँसी: मातातीर्थमा भक्तजनको घुइँचो
Hrb Ktm Img 1865 D5sp67ysn9

April 27, 2025, Jyotishsanchar press

आज मातातीर्थ औँसी। प्रत्येक वर्ष वैशाखकृष्ण औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी यो पर्व मनाइन्छ। 

मातातीर्थ औँसीलाई आमाको मुख हेर्ने पर्वको रुपमा पनि चिनिन्छ। आज छोराछोरीले आफ्नी आमालाई मीठा–मीठा खानेकुरा खान दिएर खुसी पार्ने परम्परा छ। 

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराउने परम्परासमेत छ। 

दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ। वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् बताउँछन्। 

मातातीर्थको अवसरमा आज बिहानैदेखि काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लागेको छ। मातातीर्थ कुण्ड परिसरमा दिवङ्गत आमाको स्मृतिमा श्रद्धा गर्नेको पनि घुइँचो छ। 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको