
April 27, 2025, Jyotishsanchar press
जम्मु-कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी हमलामा २६ जनाको मृत्यु भएपछि शोकमा डुबेको छ। यस आक्रमणमा मारिएकामध्ये तीन जना गुजरातका थिए।
आक्रमणपछि भारत सरकारले पाकिस्तानलाई ‘दोष’ दियो र सिन्धु जल सन्धि निलम्बन गर्यो। साथै पाकिस्तानी नागरिकहरूको भिसा रद्द गर्यो।
त्यसपछि शुक्रबार केन्द्रीय गृहमन्त्री अमीत शाहले सबै राज्यका मुख्यमन्त्रीहरूलाई आफ्नो राज्यमा बसोबास गर्ने पाकिस्तानी नागरिकहरूको पहिचान गर्न र उनीहरूलाई फिर्ता पठाउन निर्देशन दिए।
यसपछि शनिबार बिहान गुजरातको अहमदाबाद र सुरतका स्थानीय प्रहरीले कथित बंगलादेशी र अन्य विदेशी नागरिकहरूसहित ५०० भन्दा बढी मानिसहरूलाई हिरासतमा लिएको बीबीसी हिन्दीले जनाएको छ। यी व्यक्तिहरू अवैध रूपमा भारत आएका थिए भन्ने आरोप छ।

