
April 27, 2025, Jyotishsanchar press
आइतबार मुम्बईको बलार्ड इस्टेट क्षेत्रमा रहेको कैसर-ए-हिन्द भवनमा आगलागी भएको छ। जहाँ प्रवर्तन निर्देशनालय (ईडी) को कार्यालय छ।
बीबीसी हिन्दीका अनुसार मुम्बईमा रहेको यस ईडी कार्यालयमा फरार हीरा व्यवसायी मेहुल चोक्सी र उनका भतिजा नीरव मोदीसँग सम्बन्धित मुद्दाहरूको अनुसन्धान भइरहेको छ।
घटनास्थलमा पुगेका दमकलकर्मीहरूले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। अहिलेसम्म कुनै हताहत भएको बारेमा कुनै जानकारी छैन।
आगलागीको कारण अझै पत्ता लाग्न सकेको छैन।

