झडपमा ६२ जना शिक्षक घाइते – शिक्षक महासंघ
493313783 1142418077926471 6414996363853303856 N 1

April 27, 2025, Jyotishsanchar press

शिक्षक र प्रहरीबीच बानेश्वरमा भएको झडपमा ६२ जना शिक्षक घाइते भएको शिक्षक महासंघले जनाएको छ। २५ दिनदेखि सडक आन्दोलन गरिरहेका शिक्षकले यसअघि शान्तिपूर्ण प्रदर्शन गरेको भए पनि आज भने प्रदर्शन हिंसात्मक बनेको थियो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले घाइते शिक्षकहरुको ट्रमा सेन्टर, एभरेष्ट र सिभिल अस्पतालमा उपचार भईरहेको बताएका छन्। अध्यक्ष सुवेदीले शान्तिपूर्ण आन्दोलन गरिरहेको समयमा सरकारले कायरता देखाएको आरोप लगाएका छन्। ‘सरकारले देखाएको कायरताको भत्सर्ना गछौँ, आन्दोलन गरिरहेको समयमा शिक्षकहरुममाथि आक्रमण गरियो,’ उनले भने, ‘६२ जना घाइते हुनुहुन्छ , हामी अस्पतालमा नै छौँ।’

घाइते शिक्षकहरुको उपचारको जिम्मा सरकारले लिनुपर्ने उनको माग छ। चैत्र २० गतेदेखि माईतिघरबाट सुरु हुँदै बिजुलीबजार पुलसम्म हुने शिक्षकहरुको प्रदर्शन शान्तपूर्ण हुने गरेको थियो। शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षकहरुले आज निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले धरपकड गरेको थियो। शिक्षकहरू आक्रामक बनेपछि बल प्रयोग गरेको प्रहरीको दाबी छ। प्रहरीले लाठी चार्ज र पानीको फोहोरा हानेको थियो।

शिक्षकहरुले प्रर्दशनमा घुसपैठ भएको दावी गरेका छन्। शनिबार शिक्षकहरुबीच नै कुटाकुट समेत भएको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको