शिक्षकहरूलाई अध्यक्ष सुवेदीको प्रश्न: साथीहरूको रगत बगिसक्दा पनि घरमै बसिरहन कसरी सकेको?
493313783 1142418077926471 6414996363853303856 N 1

April 28, 2025, Jyotishsanchar press

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्षमीकिशोर सुवेदीले आज पनि आन्दोलन जारी रहने बताएका छन्।

यसका लागि उनले सहभागी हुन बाँकी शिक्षकहरूलाई पनि काठमाडौँ आह्वान गरेका छन्।

वैशाख १४ गतेको प्रदर्शनमा सरकारबाट  शिक्षक–कर्मचारीमाथि गरिएको दमनको भर्त्सना गर्दै उनले भनेका छन्- काठमाडौँ आउन बाँकी रहनुभएका साथीहरू, आन्दोलनको मोर्चामा आफ्ना साथीहरूको रगत बगिसक्दा पनि अझै तपाईंहरू घरमै बसिरहन कसरी सक्नुभएको छ? के आन्दोलनकारी साथीको पीडाले तपाईंलाई घोच्दैन? आफ्नो कर्तव्य बोध हुँदैन? यो कुरा मनन गर्नुहोला र छिटोभन्दा छिटो काठमाडौँ आउनुहोला।
मेरो आन्दोलन मेरो सहभागिता ।बलियो सहभागिता, बलियो आन्दोलन–बलियो आन्दोलन बलियो उपलब्धि ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको