मन्त्रिपरिषद्को बैठक आज बस्दै
Cabinet Ybawf1ut9g

April 28, 2025, Jyotishsanchar press

मन्त्रिपरिषद्को नियमित बैठक आज बस्ने भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ५ बजे बस्ने छ।

बैठकमा गभर्नर नियुक्तिबारे छलफल हुने ठानिएको छ। राष्ट्र बैंकको गभर्नर लामो समयदेखि नियुक्त हुन सकेको छैन।

गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वबीच भएको भनिए पनि अहिलेसम्म उनको नाम गभर्नर नियुक्तिका लागि सिफारिस गर्न बनेको समितिबाट  सिफारिस हुन सकेको छैन।

सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले समितिबाट राजीनामा दिएका कारण रिक्त स्थानमा नयाँ सदस्य नियुक्ति गर्नुपर्नेछ। सिफारिस समितिले पूर्णता पाएपछि मात्रै नयाँ गभर्नरको नाम सिफारिस हुने छ। नाम सिफारिस भएर गएपछि मात्रै मन्त्रिपरिषद्ले नियुक्तिको निर्णय गर्नेछ।

गभर्नर नियुक्तिमा ढिलाइ भएपछि शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो। उनीहरुबीच यही साता गभर्नर नियुक्त गर्ने सहमति बनेको बताइएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको