रुसका पक्षमा लड्न आफ्ना सेना पठाएको उत्तर कोरियाद्वारा स्वीकार
North Korean Army Sq53ugemsz

April 28, 2025, Jyotishsanchar press

उत्तर कोरियाले पहिलोपटक रुस-युक्रेन युद्धमा रुसका तर्फबाट लड्न आफ्ना सेना पठाएको पुष्टिगरेको छ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) को एक रिपोर्टमा यो जानकारी दिइएको छ।

समाचार एजेन्सीको रिपोर्टअनुसार, उत्तर कोरियाली सेनाले नेता किम जोङ उनको आदेशमा कुर्स्क सीमा क्षेत्रलाई ‘पूर्ण रूपमा मुक्त’ गर्न आफ्ना सैनिकले रुसी सेनालाई मद्दत गरेको दाबी गरेको छ।

दक्षिण कोरिया र पश्चिमा देशका गुप्तचर निकायहरूले लामो समयदेखि उत्तर कोरियाले गत वर्ष कुर्स्कमा हजारौँ सेना पठाएको बताइरहेका छन्।

केसीएनएले सेना तैनाथ गर्ने निर्णय उत्तर कोरिया र रुसबीचको पारस्परिक रक्षा सन्धिअनुसार गरिएको उल्लेख गरेको छ।

हालै रुसी चिफ अफ स्टाफ भ्यालेरी गेरासिमोभले उत्तर कोरियाली सैनिकहरूको ‘बहादुरी’को प्रशंसा गरेका थिए।

भ्यालेरी गेरासिमोभले पनि रुसले देशको पश्चिमी कुर्स्क क्षेत्रमा पूर्ण नियन्त्रण प्राप्त गरेको दाबी गरेका छन् तर युक्रेनले यो दाबी अस्वीकार गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको