
April 29, 2025, Jyotishsanchar press
हिजो बेलुका ( स्थानिय समयअनुसार बिहान) देखि अधिकांश स्थानमा विद्युत आपुर्ति बन्द भएपछि स्पेन र पोर्चुगलले संकटकालको घोषणा गरेका छन् । विद्युत नहुदा ५ करोड मानिस प्रभावित भएका छन् । स्पेन र फ्रान्सबिचको विद्युत लाईनमा समस्या आएकाले ५० वर्षयताकै सबैभन्दा ठुलो विद्युत आपुर्ति बन्न हुन पुगेको बताईएको छ । केही घण्टापछि स्पेन र पोर्चुगलका मुख्य शहरी क्षेत्रहरुमा विद्युत आपुर्ति सुचार भएको खबर आएको छ । अझै सबै स्थानमा बिजुली आउन समय लाग्ने देखिन्छ ।
अचानक बिुजली बन्द हुदा बिहानदेखि विमानस्थलमा उडान प्रभावित भएका छन्, सडकमा ट्राफिक लाईटले काम गरेको छैन । जसका कारण यातायात सेवा प्रभावित भएको छ । केही स्थानमा मोवाईलको टावर पनि छैन । अस्पतालहरुमा जेनेरेटरबाट विद्युत खपत गरिएको छ । रेल र मेट्रो सेवा बन्द भएको छ । मानिसहरुलाई घरमै बस्न आग्रह गरिएको छ । बिजुली आएका ठाँउहरुमा जिवन सामान्य अवस्थामा फर्किदैछ ।

