कोलकाताको होटलमा आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु
Kolkata Aaglagi Hvr6rsi5xf

April 30, 2025, Jyotishsanchar press

भारतीय प्रान्त पश्चिम बंगालको राजधानी कोलकातामा मंगलबार राति होटलमा आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ।

नवभारत टाइम्सका अनुसार घटना मध्य कोलकाताको फलपट्टी मछुआनजिकै भएको हो।

कोलकाताका प्रहरी आयुक्त मनोज कुमार वर्माका अनुसार मंगलबार राति ८:१५ बजेतिर ऋतुराज होटलमा आगलागी भएको हो।

उनले १४ जनाको शव निकालिएको र धेरै जनालाई उद्धार गरिएको बताए।

उनले आगो नियन्त्रणमा आइसकेको र उद्धार जारी रहेको जानकारी पनि दिए।

प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ। अनुसन्धानका लागि विशेष टोली पनि गठन गरिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको