जम्मू–कश्मीर घटनालाई बहाना बनाएर भारतले आक्रमणको योजना बनाइरहेको पाकिस्तानको आरोप
India 4tleo3ifo2

April 30, 2025, Jyotishsanchar press

भारत र पाकिस्तानबीचको सम्बन्ध थप तनावपूर्ण बन्दै गएको छ । जम्मू–कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारतले थप सैन्य कारबाहीको योजना बनाइरहेको पाकिस्तानले आरोप लगाएको छ ।

पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले रोयर्टससँगको अन्तर्वार्तामा कुनै पनि बेला ठूलो कदम भारतले चाल्न सक्ने भएकाले आफ्नो सेना तयारी अवस्थामा राखिएको बताएको बीबीसीले जनाएको छ । उहाँले केही रणनीतिक निर्णयहरू गरिएको समेत दाबी गर्नुभएको छ ।

यदि पाकिस्तानको अस्तित्वमा प्रत्यक्ष खतरा देखियो भने मात्र पाकिस्तानले आणविक हतियार प्रयोग गर्ने पाकिस्तानका रक्षामन्त्रीको भनाइ छ ।

उहाँको भनाइपछि पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले पनि आज बिहान एक्समा एक भिडियो पोस्ट गर्दै भारतले पहलगाम घटनालाई बहाना बनाएर २४ देखि ३६ घण्टाभित्र पाकिस्तानमाथि हमला गर्ने योजना बनाइरहेको खुफिया एजेन्सीले जानकारी दिएको बताउनुभएको छ ।

पाकिस्तानले चीन, अमेरिका र बेलायतलगायतसँग सम्पर्क गरेर स्थिति नियन्त्रण गर्न सहयोग मागेको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको