भारतको अहमदाबादमा बङ्गलादेशी नागरिकविरुद्धको कारबाही रोकिएन
India G0ms6xg48h

April 30, 2025, Jyotishsanchar press

भारतको अहमदाबादको चण्डोला ताल क्षेत्रमा कथित बङ्गलादेशी नागरिकहरूमाथि ठूलो मात्रामा डिमोलिसन ड्राइभ अर्थात् (भत्काउने अभियान) तीव्र बनेको बीबीसी हिन्दीले जनाएको छ । कुनै अप्रिय घटना नहुँन स्थानिय सुरक्षा निकायले सतर्कता बढाएको छ ।

संयुक्त प्रहरी आयुक्त शरद सिंहले अहमदाबाद महानगरपालिकाले सियासत नगर, बङ्गाल वास क्षेत्रमा सर्वेक्षण गरेकामा केही घरहरू तालमा माटो हालेर बनाइएको पाइएको बताउनुभएको समाचारमा उल्लेख छ ।

यसका लागि जम्मा ६ वटा डोजर र झन्डै २ हजार प्रहरी तैनाथ गरिएको छ । त्यहाँ मुख्यतया बङ्गलादेशी नागरिकहरू बसोबास गर्दै आएका छन् । चण्डोला ताल वरपर मुस्लिम समुदायको बसोबास छ ।

सरकारी कागजातअनुसार, त्यस क्षेत्रमा धेरैजसो बङ्गलादेशीहरू बस्ने गरेका छन् । मानिसहरूले आफ्नो घर खाली गर्न थालेका समाचारहरु आएका छन ।

घर भत्काउने कारबाहीलाई रोक्नका लागि केही स्थानीयवासीहरूले गुजरात उच्च अदालतमा निवेदन दायर गरेका थिए । तर अदालतले निवेदन खारेज गरेको छ ।

सरकारले विगत चार दिनमा झन्डै एक हजार ७ सय जनालाई नियन्त्रणमा लिएकोमा केही मानिसलाई छाडेको छ । सरकारले त्यहाँ बनेका घरहरू अवैध भनेको छ ।

जम्मू–कश्मीरमा २६ जनाको ज्यान जाने गरी भएको आतङ्कवादी आक्रमणपछि गुजरातमा यो कारबाही शुरू गरिएको हो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको