राजधानीमा खराब मौसमले उडान प्रभावित
Tia Domestic1.2e16d0ba.fill 650x500 1

May 1, 2025, Jyotishsanchar press

काठमाडौँमा आज बिहानैबाट वर्षा भइरहेको छ । बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भएको हो ।

हल्का वर्षा भइरहे पनि काठमाडौँको आकाश धुम्म भइरहेको छ । प्रतिकूल मौसमका कारण आन्तरिक तथा बाह्य उडान समेत प्रभावित बनेका छन् । काठमाडौँबाट विभिन्न स्थानमा हुनुपर्ने उडानहरू डिले भएका छन् ।

मौसमविद्ले आगामी दुई दिनसम्म देशका अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना रहेको बताएका छन् । बागमतीसँगै कोशी र मधेस प्रदेशका जिल्लाहरूमा बिहानैदेखि पानी परिरहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको