
May 2, 2025, Jyotishsanchar press
आज शुक्रबार देशभर मौसम बदली तथा विभिन्न स्थानमा वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना छ।
यस्तै आज राति कोसी प्रदेश ,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोसी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। कोसी प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना छ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ।

