किट कलेजमा फेरि नेपाली छात्रा मृत फेला
Kiit Prisha Shah Gb3r0p6lvm

May 2, 2025, Jyotishsanchar press

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत अर्की नेपाली छात्रा मृत फेला परेकी छन्।

मृत्यु हुनेमा वीरगन्ज, पर्साकी प्रिसा साह रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। उनी छात्रावासको कोठामै मृत फेला परेको प्रहरीलाई उद्धृत गर्दै खबरहरुमा जनाइएको छ।

गत फागुनमा मात्र केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल छात्रावासमा मृत फेला परेकी थिइन्। उनी रुपन्देहीकी थिइन्।

प्रकृतिले आफूमाथि दुर्व्यवहार भइरहेको विषयमा कलेजमा धेरैपटक उजुरी दिँदा पनि सुनुवाइ नभएको पाइएको थियो। त्यहाँको राष्ट्रिय मानव अधिकार आयोगले छानबिनपछि विश्वविद्यालयको निष्क्रियतालाई घोर लापरवाही ठहर गरेको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको