चट्याङ लागेर गर्भवती महिलाको मृत्यु
Download 2025 04 27t164340.084

May 4, 2025, Jyotishsanchar press

कञ्चनपुरमा चट्याङ लागेर गर्भवती महिलाको मृत्यु भएको छ।

शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीमा चट्याङ लागेर स्थानीय २४ वर्षीय लालमती रानाको मृत्यु भएको हो।

उनका श्रीमान २५ वर्षीय रतनसिंह राना चट्याङ लागेर गम्भीर घाइते भएका छन्।

दोदा नदीमा तरबुजा टिप्न गएका बेला उनीहरुलाई चट्याङ लागेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिए।

उनका अनुसार लालमतीको घटनास्थलमै मृत्यु भएको हो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको