
May 4, 2025, Jyotishsanchar press
काठमाडाैं । लामो समयदेखि अमेरिका बस्दै आएकी अभिनेत्री उषा पौडेलले विवाह गरेकी छन्। उनले गत २८ अप्रिल अर्थात वैशाख १५ मा राहुल केसीसँग कोर्ट म्यारिज गरेकी हुन्। नेपाली परम्परा अनुसार भने उनले आगामी मे ११ अर्थात बैशाख २८ गते राहुलसँग लगनगाँठो कस्न लागेकी हुन् ।
उनले अमेरिका बस्ने नजिकका साथीभाईहरुलाई निम्तो कार्ड समेत पठाइसकेकी छिन् ।
उषाजस्तै राहुल पनि अमेरिका नै बस्दै आएका छन् । उनी नेपाली सिने क्षेत्रका एक समयका कलाकार तथा मोडल हुन्। कुनै समय नेपाली फिल्म क्षेत्रको चर्चित कम्पनी ‘कालीगण्डकी सिनेम्याक्स’का सञ्चालक समेत रहेका राहुलले किसान र नागरिक फिल्म सहित दर्जन जति म्यूजिक भिडियोहरुमा काम गरिसकेका छन् ।
राहुल अहिले ईनाश अमेरिका नेशनल कमिटिका अध्यक्ष हुन। दुवैको यो दोश्रो विवाह हो ।

