किन भइरहेछ डोनाल्ड ट्रम्पको आलोचना ?
Trump Getty Header

May 4, 2025, Jyotishsanchar press

अमेरिकी राष्ट्रपति कार्यालयको इन्स्टाग्राम खाताबाट हालै पोपको रूपमा डोनाल्ड ट्रम्पको एआई अवतार साझा गरिएको थियो । यसमा क्याथोलिक समूहहरूले कडा आपत्ति जनाएका छन् ।

क्याथोलिकहरू अप्रिल २१ मा पोप फ्रान्सिसको मृत्युको शोक मनाइरहेका छन् । यस्तोमा ट्रम्पको तस्बिर सार्वजनिक भएको छ । ट्रम्पले पोस्ट गरेको तस्विरमा, उनी पोपले लगाउने जस्तै सेतो पोसाक र टोपीमा छन् । उनको घाँटीमा ठुलो क्रस छ भने गम्भीर तरिकाले एउटा औँला उठाएका छन् ।

न्यूयोर्क राज्य क्याथोलिक सम्मेलनले ट्रम्पलाई उनीहरूको विश्वासको मजाक उडाएको आरोप लगाएको छ । केही दिन अघि मात्र ट्रम्पले पत्रकारहरूसँग ठट्टा गर्दै ‘म पोप बन्न चाहन्छुँ ।’ भनेर भनेका थिए । यस्ता आरोपहरू सामना गर्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति होइनन् ।

एक वर्षअघि, पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले गर्भपतनको पक्षमा भएको र्‍यालीमा ‘क्रसको चिन्ह’ बनाएर क्याथोलिक समुदायलाई आक्रोशित बनाएका थिए । भ्याटिकनका प्रवक्ताले ट्रम्पको तस्बिरमा कुनै टिप्पणी गरेका छैनन् ।

पोपको उत्तराधिकारीको निर्वाचनको प्रक्रिया बुधबारदेखि भ्याटिकनमा सुरु हुँदैछ । ‘यस तस्बिरमा केही हास्यास्पद छैन, मिष्टर राष्ट्रपति । हामीले भर्खरै हाम्रा प्रिय पोपलाई गाड्यौं र अब एउटा गम्भीर चुनावी प्रक्रिया सुरु हुन लागेको छ । कृपया हाम्रो मजाक नबनाउनु होस् ।’ न्यूयोर्क राज्य क्याथोलिक सम्मेलनले एक्समा लेखेको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको