भारतले रोक्यो पाकिस्तान जाने चेनाब नदीको पानी
Chenab Ndai Eavpbifjoh

May 5, 2025, Jyotishsanchar press

पाकिस्तानसँगको सिन्धु जल सन्धि रद्द गरेपछि भारतले चेनाब नदीको पानी रोकेको छ।

जम्मुको रामवनमा बनेको बगलिहार बाँधबाट भारतले पानीको प्रवाह रोकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

साथै कश्मीरमा किशनगंगा बाँध हुँदै झेलम नदीको पानी रोक्ने योजना पनि भारतले बनाइरहेको समाचारमा उल्लेख छ।

जम्मु-कश्मीरको पहलगाममा अप्रिल २२ मा आतंककारीले आक्रमण गरी २६ जना मारिएपछि पाकिस्तानलाई आरोप लगाउँदै भारतले दशकौँ पुरानो सिन्धु जल सन्धि निलम्बन गरेको हो। 

विश्व बैंकको मध्यस्थतामा भएको सिन्धु जल सन्धिले १९६० देखि भारत र पाकिस्तानबीच सिन्धु नदी र यसका सहायक नदीहरूको प्रयोगलाई नियमन गरिरहेको थियो। 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको