जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन
Volodymyr Zelenskyy 2025 04 24af6ce338f5cea7b3cb30396a03658a

May 5, 2025, Jyotishsanchar press

युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले दबाब बिना युद्ध अन्त्य गर्ने दिशामा वास्तविक कदम नचाल्ने बताएका छन् । आइतबार उनले रुसमाथि कडा प्रतिबन्ध लगाउन आवश्यक रहेको बताएका हुन् ।

‘आज ५४ औँ दिन हो जब रुसले पूर्ण युद्धविरामको लागि अमेरिकी प्रस्तावलाई बेवास्ता गरेको छ,’ जेलेन्स्कीले एक्समा पोस्ट गरे, ‘जुनसुकै बेला युद्धविराम सम्भव छ भनेर हामी विश्वास गर्छौँ । यो आजबाट पनि सुरु हुनसक्छ । कूटनीतिलाई वास्तविक मौका दिन कम्तीमा ३० दिनसम्म रहनुपर्छ।’

‘तीनवटा कुरा आवश्यक छ: रुसमाथि कडा प्रतिबन्ध, युक्रेनलाई निरन्तर समर्थन, र युरोपभरि बढ्दो रक्षा सहयोग। रुसले जान्नुपर्छ कि युरोपेलीहरू आफ्नो रक्षा गर्न सक्षम छन्,’ उनले भने।

जेलेन्स्कीले आइतबार चेक गणतन्त्रका राष्ट्रपति पिटर पावेलसँग भेट गरेका थिए । रोयटर्सको रिपोर्ट अनुसार, प्रागमा एक संयुक्त पत्रकार सम्मेलनमा, जेलेन्स्कीले युक्रेनका सहयोगीहरूलाई रुसमाथि दबाब दिन अपिल गरे।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको