
May 5, 2025, Jyotishsanchar press
भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग शिष्टाचार भेट गरेका छन्।
आज लखनउस्थित सरकारी निवासमा मुख्यमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डलसँग भेट भएको भन्दै आदित्यनाथले खुसी व्यक्त गरेका छन्।
यसअघि शाहले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसँग भेटेका थिए।




