
May 5, 2025, Jyotishsanchar press
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अल्काट्राज जेल पुन: खोल्ने र विस्तार गर्ने घोषणा गरेका छन्।
उनले ‘अमेरिकाका सबैभन्दा क्रूर र हिंस्रक अपराधीहरू’का लागि अल्काट्राज जेल खोल्ने आदेश दिइएको बताएका छन्।
ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘धेरै लामो समयदेखि, अमेरिका क्रूर, हिंसात्मक र बारम्बार अपराधीहरूले ग्रस्त छ।’
ट्रम्पले न्याय विभाग, एफबीआई र होमल्यान्ड सेक्युरिटीसँगै कारागार ब्युरोलाई जेल पुनः खोल्न निर्देशन दिएका छन्।
उनले भनेका छन्, ’अल्काट्राजको पुन: उद्घाटन ’कानुन, व्यवस्था र न्यायको प्रतीक हुनेछ।’
अल्काट्राज जेल एउटा टापुमा अवस्थित छ। यसलाई संसारको सबैभन्दा खतरनाक जेल मानिन्छ, जुन १९६३ मा बन्द गरिएको थियो।
अल्काट्राज टापु हाल पर्यटकीय गन्तव्यका रूपमा छ। यो सान फ्रान्सिस्कोको गोल्डेन गेट ब्रिजनजिकै छ।

