मोदीले रद्द गरे युरोप भ्रमण
Modii 20220402211236 W5pvop388j

May 7, 2025, Jyotishsanchar press

भारतले पाकिस्तानमाथि गरेका आक्रमणहरूलाई सन्तुलित र जिम्मेवार भन्दै बचाउ गरेको छ ।

पाकिस्तानी दाबीको विपरीत भारतले कुनै पनि सर्वसाधारणलाई लक्षित नगरेको र केवल आतङ्कवादी शिविरहरूमा प्रहार गरिएको जिकिर गरेको छ।

दुई देशको तनावका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो आगामी युरोप भ्रमण रद्द गरेको अलजजिराले लेखेको छ। उनले अहिले सुरक्षा सम्बन्धी विषयमा मन्त्रिपरिषद्का वरिष्ट सदस्यहरूसाग बैठक गरिरहेका छन् ।

भारत-प्रशासित कश्मीरमा अहिलेको स्थितिबारे थप विवरण आएको छ, जहाँ रातभर सीमा पारिबाट भएको गोलीबारीमा केही मानिसको ज्यान गएको छ।

सीमा नजिकका गाउँहरूमा बसोबास गर्नेले रातभर कडा गोलाबारी भएको बताएका छन्। धेरैजसोले घर छाडेका छन् भने केहीले लामो समयदेखि प्रयोगमा नरहेका बंकरहरूमा शरण लिएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको