पाकिस्तानको लाहोरमा खसालियो भारतीय जासुसी ड्रोन
Lahore Blast Gqwuqktp6x

May 8, 2025, Jyotishsanchar press

पाकिस्तानको लाहोरमा भारतीय जासुसी ड्रोन खसालिएको अल जजिराले जनाएको छ।

यसअघि पाकिस्तानी सहर लाहोरमा एक अज्ञात विस्फोट भएको रिपोर्ट गरिएको थियो।

स्थानीय प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै पाकिस्तानी समाचार आउटलेट समा टीभीले सहरको वाल्टन रोडनजिकै एक भारतीय ड्रोन खसालिएको उल्लेख गरेको छ।

यस विषयमा थप जानकारी आइसकेको छैन।

अर्को एक सञ्चारमाध्यमका अनुसार प्रहरी स्रोतहरूले वाल्टन विमानस्थलनजिकै भारतीय ड्रोन खसालेको बताएका छन्।

वाल्टन विमानस्थल नजिकै लाहोरको गोपाल नगर र नसीराबाद क्षेत्रको वाल्टन रोडमा धेरै विस्फोट भएका आवाज सुनिएका थिए।

मानिसहरू आत्तिएर घरबाट बाहिर निस्किए र धुवाँको मुस्लो देखियो।

प्रहरी र उद्धार टोलीहरू वाल्टन रोड पुगेका छन्।मंगलबार राति मात्र भारतले अपरेसन सिन्दूरअन्तर्गत पाकिस्तानका ९ स्थानमा हवाई हमला गरेको छ।

भारतले आतंकवादी लुक्ने ठाउँमा आक्रमण गरिएको दाबी गरे पनि पाकिस्तानले सर्वसाधारण बस्ने क्षेत्रमा हमला भएको दाबी गरिरहेको छ।

उक्त हमलामा २६ जना नागरिक मारिएको र ४६ जना घाइते भएको पाकिस्तानी सैन्य प्रवक्ताले बताएका छन्।

यसैबीच बुधबार बिहान पाकिस्तानले कश्मीर क्षेत्रमा गरेको गोलाबारीमा १५ जना मारिएको र ४३ जना घाइते भएको भारतीय सेनाले जनाएको छ।

जसका कारण दुई देशबीच पूर्ण युद्धको खतरा देखिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको