म्यानमारको मेवाडी क्षेत्रबाट १२ जना नेपालीको उद्दार
495564183 1003487868633375 2927694747605843438 N

May 8, 2025, Jyotishsanchar press

 म्यानमारमा १२ जना नेपालीहरुलाई उद्धार गरि थाइल्याण्डको बैंकक हुँदै नेपाल फर्काइएको छ । उहाँहरुलाई म्यानमारको मेवाडी क्षेत्रबाट उद्धार गरिएको हो । जसमध्य ११ पुरुष र एक महिला हुनुहुन्थ्यो । उहाँहरुलाई थाइल्याण्ड सरकारको सहयोगमा बैंककस्थित नेपाली राजदूतावासले वैशाख २४ गते नेपाल फर्काइ सकेको छ । उहाँहरुलाई अनलाइन स्क्यामिङ कार्यमा संलग्न गराइएको थियो ।

राजदूतावासले छिटो समयमा र धेरै पैसा कमाउने लोभमा परेर कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका देशहरूमा अवैध रूपमा नजान आग्रह गरेको छ । साथै, तोकेका मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अनुरोध समेत गरेको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको